पोखरा महानगर न्यायिक समितिद्धारा आर्थिक लेनदेनमा संलग्नहरुलाई छानविन गरी कारबाही गर्न माग
पाेखरा | मंसिर २९, २०८०
पोखरा: पोखरा महानगरपालिका न्यायिक समिति सदस्य भावना श्रेष्ठ आर्थिक लेनदेनमा संलग्न भएको भन्ने समाचारप्रति महानगर न्यायिक समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
पोखरा महानगरपालिका न्यायिक समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पोखराबाट संचालित विभिन्न सञ्चार माध्यममा प्रशारण र प्रकाशित समाचारमा न्यायिक समिति सदस्य भावना श्रेष्ठ आर्थिक लेनदेनमा संलग्न भएको भन्ने समाचार प्रति न्यायिक समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
समिति सदस्य भावना श्रेष्ठले पोखरा महानगरपालिका वडा नम्वर २६ बस्ने रविनकुमार श्रेष्ठ निवेदक र सोही ठाँउमा बस्ने नविनकुुमार श्रेष्ठ दोश्रो पक्ष रहेको बाटो निकास खुलाई पाउँ भन्ने विवादका निवेदक रविन श्रेष्ठसंग सो विवादमा दुुई९२० मिटर बाटो दिलाईदिन्छु भनि रकम लेनदेन गरेको भन्ने समाचार सञ्चार माध्यमहरुबाट सार्वजनिक भएको र पोखरा महानगरपालिका न्यायिक समितिका संयोजक, सदस्य, न्यायिक समितिको सचिवालयमा कार्यरत कर्मचारी तथा पूर्वकर्मचारीहरु समेतलाई रकम लेनदेन कार्यमा सम्वन्धित रहेको भनि उल्लेख भएको आरोप प्रति आपत्ति प्रकट समेत गरेको छ ।

विज्ञप्तिमा भनिएकोछ,“हामी न्यायिक समिति संयोजक, सदस्य लगायत समितिको सचिवालयमा कार्यरत कर्मचारीहरु तथा पूर्वकर्मचारीहरु यस्तो घृणित कार्यमा संलग्न नरहेको स्पष्ट गर्दछौ ।”
आर्थिक लेनदेन भएको समाचार २०८० मंसिर २२ गते शुक्रबार राती प्रशारण भए पछि शनिबार विहान १०ः३० बजे लेनदेनमा संलग्न भएको भनिएकी न्यायिक समिति सदस्य भावनाले समितिका संयोजक मञ्जुदेवी गुुरुङ समक्ष राजीनामा दिइ सकेको र सो राजीनामाको विषयमा सोही दिन अपरान्ह ४ः३० बजे न्यायिक समिति सचिवालयको बैठक बसी राजीनामाका विषयमा र प्रशारण÷प्रकाशन भएका समाचारहरुका विषयमा आवश्यक छानविन गरी प्रचलित कानुन अनुसार कारबाहीको लागि नगर कार्यपालिकामा सिफारिस गर्ने निर्णय गरेको विज्ञप्ति मार्फत जनाएको छ ।
यस्तै न्यायिक समिति संयोजक, सदस्य, समितिको सचिवालयमा कार्यरत कर्मचारीले संयुक्त रुपमा मंसिर २७ गते पोखरा महानगरपालिकाका प्रमुख समक्ष आर्थिक लेनदेनमा संलग्नहरुलाई छानविन गरी आवश्यक कानुनी कारवाहीको माग गर्दै लिखित निवेदन दिएको समेत विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

